
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ८ सय रुपैयाँ पुगेको छ । तेजाबी सुनको भाउ पनि प्रतितोला ७ सयले नै बढेर तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२० रुपैयाँमा किनबेच भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ९९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ५६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४६ रुपैयाँ कायम गरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij