Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । आज साताको तेस्रो कारोबारका दिन सेयर बजार सामान्य अंकले घटेको छ। मंगलवार बजार परिसूचक २.८१ अंक घटेको हो। सोमवारको कारोबारमा १ अंकले बढेको बजार आज भने थोरै अंकले घटेको छ।
मंगलवार बजार परिसूचक २.८१ अर्थात ०.१३ प्रतिशतले घटेको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक ०.०१ को झिनो अंक घटेर ४२१.१३ अंकमा ओर्लिएको छ।
बजार घट्दा मंगलवार कारोबार रकममा पनि गिरावट देखिएको छ। सोमबार ४ अर्ब ६७ करोड ७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको थियो । मंगलबार भने कारोबार रकम साढे ३ अर्बबाट तल झरेको छ । आज ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७ सय ६ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। यस्तै ७८ लाख १३ हजार १ सय २ कित्ता सेयर ५० हजार ३ सय ६५ पटकमा खरिद बिक्री भएको छ ।
घट्दो बजारमा आज कारोबार भएका ८२ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ९२ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। उप-समूहतर्फ व्यापार, जलविद्युत, फाइनान्स, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, माइक्रो फाइनान्स, म्युचुअल फण्ड बढेको छन् भने अन्य उप-समूहहरूको सेयर मूल्य घटेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij