Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पासपोर्टको अनलाइन फर्म मंगलबार देखि भर्न सकिने (सूचना सहित)

पासपोर्टको अनलाइन फर्म मंगलबार देखि भर्न सकिने (सूचना सहित)

  • काठमाडौं । पासपोर्ट लिनको लागि  मंगलबार देखि प्रत्येक दिन ११ बजे अनलाइन आवेदन फाराम खुल्ने भएको छ। राहदानी विभागले एक सूचना जारी गर्दै मंगलबारदेखि दैनिक ११ बजेबाट अनलाइन आवेदन फाराम खुल्ने जनाएको हो।

    onlinepatrika
    Arghakhachi

    यसअघि भने विभागले राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नवीकरण नहुने तथा नयाँ राहदानीको लागि आवेदन गर्न नसकिने विभागले जनाएको थियो।

    AGNI GROUP

    केही दिन पहिले विभागले यन्त्रवाचक राहदानी (एमआरपी) को बहाल अवधि १ वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने  जनाएको थियो। राहदानीको बहाल म्याद ६ महिना भन्दा बढी भएमा अन्तर्राष्ट्रिय यात्रा गर्न सकिने हुन्छ। 

    राहदानी आफूलाई आवश्यक नहुँदाको अवस्थामा बहाल म्याद १ वर्षभन्दा कम वा बहाल म्याद समाप्त भएपनि तुरुन्त बनाउनु नपर्ने र यसरी नबनाउँदा कुनै अतिरिक्त शुल्क नलाग्ने भएकोले आफूलाई आवश्यक पर्दा मात्र राहदानी बनाउनको लागि आवेदन गर्न सकिने विभागले जनाएको हो।

    Rahdani_online_Release.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij