Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एकै दिनमा सेवाग्राहीलाई राहदानी बनाइदिने भनि ठगी गर्ने पक्राउ

एकै दिनमा सेवाग्राहीलाई राहदानी बनाइदिने भनि ठगी गर्ने पक्राउ

  • काठमाडौँ । त्रिपुरेश्वररस्थित राहदानी विभागमा सेवाग्राहीहरूलाई एकै दिनमा राहदानी बनाइ दिन्छौँ भनि ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। उनीहरुलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-७ चावहिल बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भएका ३३ वर्षीय राम बहादुर बोगटी, चावहिल बस्ने धनकुटा पाख्रिबास नगरपालिका-१० चुन्वाङ घर भएका २८ वर्षीय श्यामकुमार राई, चावहिल बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भएका २२ वर्षीय राम पौडेल र चाबहिलस्थित रोज बर्ड नामक फोटो स्टुडियो सञ्चालन गरी बस्ने गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल घर भएका ४१ वर्षीय विबेक गुरूङ रहेका छन्।

    AGNI GROUP

    उनीहरूले राहदानी विभागमा सेवाग्राहीहरूलाई विश्वासमा पारी रकम संकलन गरी ठगी गरेको आरोप प्रहरीको छ । 

    प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले विभिन्न व्यक्तिहरूको नाममा भरिएको ३२ थान अनलाइन फाराम, ३ थान ल्यापटप, १ थान प्रिन्टर र ३ थान मोबाइल बरामद गरेको छ।

    उनीहरू उपर ठगी सम्बन्धि कसूर र लिखत सम्बन्धि कसूरमा जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij