Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज थप ५७७ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

आज थप ५७७ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८२ स्वाब परीक्षण गर्दा ५७७ जनामा कोरोना पुष्टि भएको हो। आज दुई हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जनामा र एक हजार ८०८ जनाको एन्टिजन परीक्षण गर्दा १८६ जनामा कोरोना देखिएको हो।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ।

    AGNI GROUP

    शुक्रबार कोरोनाबाट २६९ जना निको भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या चार हजार ३५६ पुगेको छ।

    एक साता यता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। संक्रमण फैलिन नदिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij