Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । राष्ट्रिय सभाले दुई विधेयक पारित गरेको छ। बिहीबार बसेको राष्ट्रिय सभा बैठकले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन र शपथ सम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव पारित भएको हो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ र गृहमन्त्री बालकृष्ण खाणले शपथ सम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो।
यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका माननीय सभापति दिल कुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गरेकी थिइन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij