Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । आज सेयर बजार दोहोरो अंकले बढेको छ। मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो । आज तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। धेरै कारोबार हुने कम्पनीमा शिवम्, अरुण काबेली, नेस्डो, गुर्खाज फाइनान्स छन्।
बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। यस दिन तीन अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ । गत शुक्रबार मौद्रिक नीति आएपछि यो साता आइतबार ६१.०५ अंक र सोमबार ५४.४५ अंकले बढेको थियो। जसलाई मौद्रिक नीतिको प्रभावका रुपमा अर्थ्याइएको थियो। मंगलबार ४४.८० अंकले घटेर बजार २०८८.१६ बिन्दुमा झरेको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij