Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि नेपालको राजदूत नियुक्त गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा डा शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत, मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूत नियक्त गरिएको छ।
त्यस्तै, प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा शंकर प्रसाद शर्मालाई भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij