Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैँ । नेपालको वार्षिक बजेटभन्दा बढी व्यापारघाटा भएको छ। सरकारले गत वर्ष १६ खर्ब ३२ अर्बको बजेट ल्याएकोमा १७ खर्ब भन्दा बढी व्यापारघाटा भएको छ। स्वदेशमा उत्पादन हुन नसक्दा व्यापारघाटा बर्सेनि बढ्दै गएको छ। निजी क्षेत्र तथा सहकारीले उत्पादनमा ध्यान दिन नसक्दा बजेटभन्दा बढी व्यापार घाटा भएको हो।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा २०७८/०७९ मा व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष १३ खर्ब ९८ अर्ब ७१ करोडले व्यापार घाटा भएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij