
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ। आज बिहान लुम्बिनी, गण्डकी र प्रदेश १ मा वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रहनेछ। मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ।
सोमबार पहाडी भूभागका केही स्थान र अन्य भभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। सोमबार राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मंगलबार प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij