Jun 06 2026 | २०८३, जेठ २३ गते
विश्वव्यापी रूपमा मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वभर स्वास्थ्य आपत्काल घोषणा गरेको छ। शनिबार बसेको डब्लूएचओको इमर्जेन्सी कमिटीको बैठकले स्वास्थ्य आपत्काल घोषणा गर्ने निर्णय गरेको हो।
बैठकपछि डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पत्रकार सम्मेलन गरी स्वास्थ्य आपत्काल घोषणा गरिएको जनाएका छन्। अहिलेसम्म संसारका ७५ देशका १६ हजार मानिसमा मंकीपक्सको संक्रमण देखिएको छ। त्यस्तै, यसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।
डब्लूएचओले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेको यो तेस्रो पटक हो। कोरोना भाइरसको महामारीमा दुई वर्षअघि स्वास्थ्य आपत्काल घोषणा गरिएको थियो। त्यसअघि पोलिओको महामारी फैलिँदा पनि डब्लूएचओले स्वास्थ्य आपत्काल घोषणा गरेको थियो।
मंकीपक्स सबभन्दा पहिले सन् १९५० मा मध्य–अफ्रिकामा देखिएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij