Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ ।आज देशभर थप ४३५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५६८ स्वाब परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आज एक हजार ६६७ जनाको पीसीआर परीक्षण गर्दा ३१७ जनामा र एक हजार ९०२ जनाको एन्टिजन परीक्षण गर्दा ११८ जनामा कोरोना देखिएको हो।
बिहिबार ५६ जना संक्रमित निको भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ पुगेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij