Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैँ । अनसनरत नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियु र त्रिविबीच सहमति भएको छ। ११ बुँदे सहमतिपछि सोमबार अनेरास्ववियुले अनसन तोडेको छ। अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार आफूहरूले उठान गरेका माग कार्यान्वयन गर्ने त्रिविले प्रतिवद्धता जनाएको छ।
असार २८ गतेदेखि अनेरास्ववियुले त्रिविमा अनसन गरेका थिए। स्ववियु निर्वाचनबारे भदौसम्म छलफल गरी सरकारको समन्वयमा चुनाव गर्ने सहमति पनि भएको छ।
क्याम्पसहरूले लिने शुल्क समायोजन र पाठ्यक्रम परिमार्जनका लागि सुझाव दिन १५ दिनभित्र कार्यदल गठन गरी पुसभित्र कार्यान्वयन गर्ने सहमति पनि भएको छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij