Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बढ्यो कोरोना संक्रमण : एकैदिन ४५७ जना संक्रमित, एकको मृत्यु

बढ्यो कोरोना संक्रमण : एकैदिन ४५७ जना संक्रमित, एकको मृत्यु

  • काठमाडौं। आज थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो २४ घन्टामा ४६५१ नमूना परीक्षण भएकामध्ये ४५७ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    AGNI GROUP

    मन्त्रालयका अनुसार पीसीआरबाट २३४१ र एन्टिजेन विधिबाट २३१० नमूनाको परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ३८६ जनामा र एन्टिजेन विधिबाट ७१ जनामा संक्रमण देखिएको हो।

    कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। यो अवधिमा ४८ जना कोरोनामुक्त भएका छन्। हाल  कोरोना सक्रिय संक्रमितको संख्या १७७६ पुगेको छ। मन्त्रालयका अनुसार १५ जना आइसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

    पछिल्लो २४ घन्टामा ९८ हजार ९०० जनाले कोरोनाविरुद्ध खोप लगाएको मन्त्रालयले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij