Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्सेमा १८ अंकको सुधार आएको छ । अघिल्लो दिन १.९३ अंकले बढ्दै २ हजार ११.३९ अंकमा अडिएको नेप्सेमा आज थप १८.०३ अंकले बढ्दै २ हजार २९.४३ अंकमा उक्लिएको हो ।
यस्तै, १८ अंकले बढेको बजारमा आज म्युचुअल फन्ड बाहेकका सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी आज होटल तथा पर्यटन समूहको उपसूचक ४.९३ प्रतिशतले बढेको छ भने, इनभेष्टमेन्ट समूह १.६८ प्रतिशतले, फाइनान्स समूह १.४३ प्रतिशतले, निर्जीवन बीमा समूह १.३६ प्रतिशतले, जीवन बीमा समूह १.२१ प्रतिशतले, हाइड्रोवापर समूह १.१६ प्रतिशतले बढेको छ।
यस्तै, डेभलपमेन्ट बैंक समूहको उपसूचक ०.९१ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो ०.७३ प्रतिशतले, माइक्रोफाइनान्स समूह ०.६८ प्रतिशतले, बैंकिङ समूह ०.१५ प्रतिशतले बढेका छन् ।
कुल १ अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij