
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ। आर्थिक वर्ष २०७९/८० को पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से १ .९३ अंकले बढेर दुई हजार ११.३९ बिन्दुमा पुगेको छ ।
आज दुई सय १० वटा कम्पनीका ३० लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब २३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
त्यस्तै, बैंक, व्यापार, उत्पादन, जीवन बीमा र लगानी समूहको सेयर पनि सामान्य बढेको छ । आज लगानी उपसूचक सर्वाधिक ०.९१ प्रतिशत, उतपादनमुलक उपसूचक ०।८६ प्रतिशत र बैंकिङ उपसूचक ०.६३ प्रतिशतले वृद्धि भएको हो ।
आज प्रभु सेलेक्ट फण्डको इकाइ मूल्य सवार्धिक ९।७८ प्रतिशतले, सामुदायिक लघुवित्तको सेयर मूल्य ७.५० प्रतिशतले गिरावट भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij