
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौ । शुक्रबार नेप्से ७.९३ अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक २००९.४६ को विन्दुमा पुगेर बन्द भएको छ । आज कूल २३१ वटा कम्पनीको ४० लाख ५१ हजार ७ सय ७१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८ सय ३३ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज बैकिङ, विकास बैंक, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्ड समूहको सेयर बढेको छ। सबैभन्दा धेरै माथिल्लो तामाकोशीको शेयर १९ करोड ७२ लाख रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, नेपाल इन्भेस्टमेन्ट डिबेन्चर र माछापुच्छ्रे बैंकको डिबेन्चरको सेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि ग्रीनलाइफ हाइड्रोपावरको सेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij