Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी केही भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।
आज राति पहाडी भूभागमा आंशिकदेखि सामान्यता बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यता सफा रहने जनाइएको छ। प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशका थौरै स्थानहरुमा र बांकी प्रदेशका एकदुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij