
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ। आज सेयर बजार परिसूचक नेप्से ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा पुगेको छ । आज सबै समूहको सेयर सामान्य बढेको छ तर, आज कारोबार रकममा भने कमी आएको छ । आज दुई सय २६ वटा कम्पनीका ४९ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७० करोड ७७ लाख रुपैयाँमा कारोबार भएको छ ।
आज बैंकिङ ४, विकास बैंक २६, फाइनान्स २०, होटल तथा पर्यटन ४१, जलविद्युत् ३०, जीवन बीमा ११, उत्पादन ६५, लघुवित्त १६, निर्जीवन बीमा ७४, अन्य ३ र व्यापार उपसमूह २६ अंकले घटेका छन् ।
सप्तकोसी विकास बैंकको मूल्य भने आज सबैभन्दा धेरै ९.३ प्रतिशतले बढेको छ । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको ८.२, युनाइटेड इन्स्योरेन्सको पनि ६.९ प्रतिशतले बढेको बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij