Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

भारी वर्षाको सम्भावना

भारी वर्षाको सम्भावना

  • काठमाडौँ ।  देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै प्रदेश नं १, गण्डकी र लुम्बिनी, सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको जनाइएको छ । 

    images
    images
    images

     विभागले प्रदेश नं १, गण्डकी, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन नागरिकलाई अनुरोध गरेको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij