Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ। साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) ७७.०१ अंकले घटेको छ। आज १९९३.३३ बिन्दुबाट सुरु भएको बजार लगातार ओरालो लागेर १९१५.१६ बिन्दु पुगेर रोकिएको छ ।
आज २२७ कम्पनीको ६३ लाख १३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। हिजो आज कुल १ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो।
आज सबै उपसमूहको सूचकमा भारी गिरावट आएको छ। बैंकिङ उपसमूहको सूचक २.७७, विकास बैंक ४.४५, फाइनान्स ५.७३, होटल तथा पर्यटन २.१८ प्रतिशतले घटेको छ।
त्यस्तै जलविद्युत् उपसमूहको सूचक ५.१९, लगानी ४.३१, जीवन बिमा ४.५४, उत्पादन ३.३१, लघुवित्त ४.३०, सामूहिक लगानी कोष २.४४, निर्जिवन बिमा ४.५१, अन्य ४.७४ र व्यापार उपसमूहको सूचक ५.७८ प्रतिशतले ओरालो लागेको छ।
सोमबार ग्रामीण विकास लघुवित्त, किसान लघुवित्त, ग्लोबल आइएमई समुन्न्त स्किम, हिमालयन पावर पार्टनर र माउन्टेन हाइड्रो नेपालको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij