Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धी विधेयक ल्याउने काम गलत भएको भन्दै, हिजो ओलीको पालामा गलत भएको कार्य अहिले पनि गलत नै हुने बताएका छन् ।
महामन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह कसले दिन्छ ? भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री देउवाको गम्भीर जवाफदेहीता जरुरी रहेको बताउँदै, सामाजिक सञ्जालमा उनले लेखेका छन्, “ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा शतप्रतिशत प्रष्ट छौं हामी ! संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले रु सल्लाह दिन्छ कसले ? यो दुःखद छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।”
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij