Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज हरिशयनी एकादशी

आज हरिशयनी एकादशी

  • काठमाडौँ । असार शुक्ल एकादशी, हरिशयनी एकादशी पनि भनिन्छ । आजबाट चतुर्मास व्रत आरम्भ भएको छ । आजदेखि चार महिनालाई चातुर्मास भन्ने गरिन्छ । आज हरेक घरमा तुलसी रोप्ने काम पनि गरिन्छ । तुलसी रोपण एकादशी पनि भनिन्छ । घरको आँगनमा रोपिएको तुलसीलाई विष्णु भगवानको अवतारका रूपमा पूजा गर्ने चलन छ।

    onlinepatrika
    Arghakhachi

    भगवान विष्णु चार महिनाका लागि जल शयनीमा रहने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइन्छ । एक महिना अघि जेठ शुक्ल एकादशी (निर्जला एकादशी) का दिन छरिएको बिउ तयार भएर आजको दिन रोपण गरिन्छ । तुलसी आयुर्वेदमा बहुउपयोगी बनस्पति पनि हो । आजको दिन सनातनीहरूले व्रत र भगवान विष्णुको पूजा आरधना गर्ने गर्दछन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij