
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ। शुक्रबार नेप्से सूचक दोहोरो अंकल घटेको छ । आज जेप्से परिसूचक १.७१ प्रतिशतले घटेको छ ।
कारोबार सुचारु भएदेखि घटेको नेप्से सूचक अन्तिम समयमा ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा बन्द भएको हो।
आज २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता सेयर कुल १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँमा खरिद बिक्री भएको छ। आज नेप्सेमा सूचिकृत सबै उप(समूह ओरालो लागेका छन् ।
आज ग्लोवल आइएमइ समुन्नत स्किम १ का लगानीकर्ताले सबै भन्दा कमाएका छन् भने हिमालयन उर्जाका लगानीकर्ताले धेरै गुमाएका छन्।
आज सर्वाधिक कारोबार शिभम् सिमेन्टको भएको छ । यसको ५ करोड ५९ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij