Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एनआरएनए अमेरिकाको एघारौँ साधारणसभा सम्पन्न

एनआरएनए अमेरिकाको एघारौँ साधारणसभा सम्पन्न

  • अमेरिका। प्रवासी नेपालीको साझा सङ्गठन गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाको एघारौँ साधारणसभा तथा विज्ञ भेला सम्पन्न भएको छ।

    onlinepatrika
    Arghakhachi

    नर्थ क्यारोलिनाको  र्यालेमा जुलाई ३ र ४ तारिखमा सम्पन्न भएको उक्त सभा नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र अध्यक्ष बुद्धिसागर सुवेदीले साधारणसभाको उद्घाटन गरेका थिए । 

    AGNI GROUP

    साधारण सभाको अवसरमा आइसिसी र एनसीसी अमेरिकाको बिचमा २४ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौता पत्र आइसिसीका अध्यक्षद्वय कुल आचार्य,रबिना थापा र महासचिव डा। केशव पौडेलको उपस्थितिमा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले हस्ताक्षर गरेका छन्। 

    साधारण सभाले विधानमा निवर्तमान अध्यक्ष प्रमुख संरक्षक रहने प्रावधानलाई हटाएर पूर्व अध्यक्ष मध्येबाट संरक्षक राख्ने, च्याप्टर सभापतिहरूलाई एनसीसी अमेरिकाको स्वतः बोर्डअफ डाइरेक्टर हुने, गिफ्ट कार्डबाट सदस्य बन्न नपाउने व्यवस्था गरेको छ।

    महिला प्रतिनिधित्व बढाउनका लागि  कार्यसमिति र सल्लाहकार समितिमा ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गर्ने व्यवस्था गरेको छ । साधारण सभा आगामी दिनमा जुलाईको अन्तिम समयतिर हुने व्यवस्था समेत विधानमा गरिएको छ। 

    एक वर्षको कार्यकालमा महत्त्वपूर्ण उपलब्धिको रूपमा कोभिड(१९ को समयमा अमेरिकी सेनाको हवाईजहाज मार्फत नेपालमा राहत सामग्री पठाइएको थियो। नेपालको राष्ट्रिय क्रिकेट टिमलाई प्रोत्साहन तथा अवसर प्रदान गर्ने उद्देश्यले टेक्ससको ह्युज्टनमा जुन २ र ४ मा एनआरएनए अमेरिका कप/ २०२२ को आयोजना गरिएको थियो। 

    एनआरएनए को ओन एनसीसी ओन च्यारिटीू कार्यक्रम अन्तर्गत सल्यानको कुसाख गाउँ पालिकामा प्रसूति भवन निर्माणको कार्य सम्पन्न भएको छ। सो कार्यमा भवन निर्माण,सामग्री खरिद र बर्थिङ्ग सेन्टरमा बस्नेलाई दुई वर्षको तलब गरी करिब ४० लाख नेपाली रुपियाँ बराबरको सहयोग एनआरएनए अमेरिकाले गरेको जनाएको छ।

    यस्तै, साधारणसभामा अन्तर्राष्ट्रिय समन्वय परिषद ९आइसिसी० का दुई अध्यक्ष कुल आचार्य र रविना थापा, महासचिव डाक्टर केशव पौडेल, सचिव राजन त्रिपाठी, अमेरिकाज रिजनका डिआरसी रामकुमार सुवेदी,नर्थ क्यारोलाइना मोरिसभिल शहरका नगर प्रमुख टिजे काउली, सांसद कमला पन्त, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्यहरू मधु आचार्य र प्रतिमा गौतम, नेविसङ्घका पूर्व महामन्त्री मनोजमणि आचार्य, नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, दाङ जिल्ला सभापति शङ्कर डाँगी, राप्रपा नेपालका केन्द्रीय सदस्य लोक तिवारी, नेपाली कांग्रेसका महासमिति सदस्य विष्णु सुवेदी , जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्बाङलगायतको उपस्थिति थियो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij