
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ। बिहिबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज सेयर बजार मापन परिसूचक नेप्से १६.६० अंकले घटेर २०२७.३२ विन्दुमा झरेको छ ।
आज २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर कुल १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रुपैयाँमा खरिद बिक्री भएको छ। आज नेप्सेमा सूचिकृत म्युचल फन्ड बाहेक सबै उप(समूह ओरालो लागेका छन् ।
आज सबै भन्दा धेरै म्युचल फन्ड समूहका लगानीकर्ताले कमाएका छन्। आज आरबिबि म्युचल फन्ड १ का लगानीकर्ताले सबै भन्दा कमाएका छन् भने समिट लघुवित्तका लगानीकर्ताले धेरै गुमाएका छन्। आज सर्वाधिक कारोबार लाइफ ईन्स्योरेन्सको भएको छ । यसको ७ करोड ६५ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij