Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय विशेष समिति गठन

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय विशेष समिति गठन

  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न  ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको विषय छानबिनका लागि संसदीय विशेष समिति गठन गरेको सभामुख अग्निप्रसाद सापकोटाले जनकारी दिएका छन्।

    AGNI GROUP

    ११ सदस्यीय विशेष संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका जनाइएको छ ।

    सो समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नुपर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij