
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ। सोमबार बजार परिसूचक नेप्से ९.७५ अंकले घटेर २ हजार ७६ दशमलव ६७ विन्दुमा झरेको छ ।
दिउँसो १ बजेर ६ मिनेट जाँदा नेप्से ६२ अंकले बढेर २१ सय ४८ विन्दुसम्म पुगेको थियो । पौने ३ बजेदेखि नेप्से ओरालो लागेर २६ अंकसम्म घटेको थियो । तर बन्द हुने बेलामा भने झन्डै १० अंकले ओरालो लागेको छ ।
नेप्से घटे पनि आज कारोबार रकममा भने सुधार आएको छ । आज दुई सय ३४ वटा कम्पनीका एक करोड नौ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३४ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।
आज बैंकिङ १, विकास बैंक ५२, फाइनान्स ६, होटल तथा पर्यटन ४६, जलविद्युत् १३, उत्पादन ४५, माइक्रोफाइनान्स ६० र अन्य उपसमूह २७ अंक घटेका छन् भने, व्यापार १०४, निर्जीवन बीमा ४८ र जीवन बीमा ५५ अंक बढेका छन्।
आज सीवाईसी लघुवित्त र ङादी ग्रुपको मूल्य १० प्रतिशतले बढ्दा सामलिङ पावरको मूल्य ७ दशमलव ७ र एसटीसीको मूल्य ६ दशमलव ८ प्रतिशतले बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij