Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जसपाले बुझायो नयाँ मन्त्रीहरूको नाम

जसपाले बुझायो नयाँ मन्त्रीहरूको नाम

  • काठमाडौँ । जनता समाजवादी पार्टीले तीन मन्त्रीलाई फिर्ता बोलाएको छ। हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भएको कुराकानीमा मन्त्री हेरफेर गर्ने बारे छलफल भएको थियो।

    onlinepatrika
    Arghakhachi

    सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठबाहेक अन्य तीन मन्त्री हेरफेर गर्न लागेको जसपा स्रोतले जनाएको छ। कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाइएको हो। 

    AGNI GROUP

    नयाँ मन्त्रीमा प्रदीप यादव, मोहम्मद इस्तियाक राई र मृगेन्द्र सिंहलाई मन्त्रीका लागि सिफारिस गरिएको जसपा स्रोतको भनाइ छ। नयाँ मन्त्रीलाई आजै शपथ ग्रहणको तयारी गरिएको जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij