
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । आइतबार सेयर बजारको परिसूचक नेप्से ५७।६१ अंकले बढेको छ । साताको पहिलो दिन आज नेप्से परिसूचक २०८६ अंकमा पुगेको छ ।
आज कुल २३१ वटा कम्पनीको ४५ हजार १२० वटा कारोबारबाट ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर किनबेच भएको छ । यसबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका सबै उपसमूहमा हरियाली देखियो । व्यापार र जलविद्युत् उपसमुहका लगानीकर्ताले धेरै कमाए । आइतबार ६ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो ।
साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय पावर पार्टनर, माथिल्लो तामाकोशी, सान्जेज जलविद्युत्, नेष्डो समृद्धि लघुवित्त र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
रसुवागढी हाइड्रो, मध्यभोटेकोशी, कर्पोरेट डेभलपमेन्ट बैंकसहितको मूल्य समेत सर्किट लेबलमा बढेको छ ।
आज बीओके डिभेन्चर, ङ्याग्दी ग्रुप पावरको मूल्य धेरै घटेको छ । आज ङ्याग्दी ग्रुपको सबैभन्दा धेरै कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij