Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

शुक्रबार नेप्से ८.८७ अंकले घट्यो 

शुक्रबार नेप्से ८.८७ अंकले घट्यो 

  • काठमाडौँ । शुक्रबार शेयर बजार परिसूचक नेप्से ८.८७ अंकले घटेको छ । आज नेप्से सूचक ८.८७ अंकले घटेर २०२८.७७ को बिन्दुमा पुगेको छ ।

    images
    images
    images

    आज कारोबारमा आएका २२१ कम्पनीको ३६ लाख ६३ हजार २ सय २० कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुअपियाँ १४ पैसाको कारोबार भएको छ । 

    जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै ५ करोड ५७ लाख, एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २२ लाख, नेपाल पुनर्बिमा कम्पनीको ४ करोड ९० लाख , तथा हिमालयन डिस्टिलरीको ४ करोड ६२ लाखको कारोबार भएको छ ।

    आज आंधीखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तको शेयर मूल्य सर्बाधिक ९.९९ प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको शेयर मूल्य ७.७० प्रतिशतले बढेको छ । आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य सर्वाधिक ४.७७ प्रतिशतले घटेको छ भने युनाइटेड इन्स्योरेन्सको शेयर मूल्य ४.०३ प्रतिशतले घटेको छ ।

    आज फाइनान्स, लघुवित्त र ट्रेडिङ समुह बाहेकको सबै समुहगत सूचक घटेका छन् । जसमा विकास बैंक समुह सर्वाधिक १.३९ प्रतिशतले घटेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij