
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौँ । समृद्धि फाइनान्सले लिलामीमा बिक्री खुला गरेको सेयर बाँडफाँट सम्पन्न भएको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक समूहको ७ लाख ७२ हजार ६६६ कित्ता सेयर बिक्री खुला गरेको थियो ।
बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार संस्थापक समूहको न्यूनतम १०० रुपैयाँका दरले (कट आफ प्राइस) बोलपत्र पेश गरेकाहरुलाई माग बमोजिम बाँडफाँट गरिएको हो ।
यस्तै, आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा असार १९ गतेदेखि फिर्ता गर्न शुरु गर्ने बिक्री प्रबन्धकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij