Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाण्डौँ । पहिरोका कारण जाजरकोट–डोल्पा सडक बन्द भएको छ ।
जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो खसेर सडक बन्द भएपछि यात्रु मारमा परेका छन् ।
पहिरोका कारण गाडी चल्न नसक्दा रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीय बासिन्दा समस्यामा परेका हुन् ।
मौसम खराब हुँदा हवाई सेवा ठप्प भएपछि यो सडक हुँदै यात्रा गरेका डोल्पाका यात्रु आज बिहानैदेखि बाटोमै रोकिएका छन्।
नलगाड नगरपालिकाका मेयर डम्बर रावतका अनुसार ठूलो ढुङ्गासहित पहिरो खसेर बाटो नै पुरेको र सडक खुलाउने काम भइरहेको बताईएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij