
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । गृह मन्त्रालयले दुइ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ । गृहमन्त्री बालकृष्ण खाडले बुधबार रूपन्देही र मकवानपुर जिल्लाको सिडिओ हेरफेर गरेका हुन् ।
गृह मन्त्रालयले मकवानपुरका सिडियो भरतमणि पाण्डेलाई रूपन्देही पठाएको छ भने गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेलाई मकवानपुरको सिडिओ बनाएर पठाएको छ ।
यस्तै, मन्त्रालयले रूपन्देहीका सिडिओ ऋषिराम तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij