Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उद्योग विभागका सम्पूर्ण काम अनलाइनबाट 

उद्योग विभागका सम्पूर्ण काम अनलाइनबाट 

  • काठमाडौँ । उद्योग विभागका सम्पूर्ण काम अबदेखि अनलाइनबाट हुने भएको छ। विभागले बुधबार सबै सेवा अनलाइनमार्फत सुरु गर्नेगरी सफ्टवेयर सार्वजनिक गरेको हो।

    onlinepatrika
    Arghakhachi

    विभागको सेवालाई अनलाइनमा लैजान इन्डस्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आइएमआइएस) सफ्टवेयर सार्वजनिक गरेको हो। नयाँ सफ्टवेयर विकाससँगै उद्योग दर्तादेखि सर्टिफिकेटसम्मको काममा अब सेवाग्राही विभाग पुग्नु नपर्ने बताइएको छ।

    AGNI GROUP

    केन्द्रमा सफल भएपछि दोस्रो चरणमा प्रदेशअन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयलाई अनलाइन पद्दतिमा लैजाने विभागको योजना छ। 

    विभागकी सूचना अधिकारी पूर्णिमा उपाध्यायका अनुसार पाइलटिङको रूपमा विदेशी लगानी शाखाबाट अनलाइन सेवा सुरू गरिएको छ। 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij