
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । बुधबार सेयर बजार सकारात्मक देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ विन्दुमा पुगेको छ । नेप्से २.१५ प्रतिशतले बढेको हो ।
यता सेन्सेटिभ परिसूचक पनि ६.५५ अंकले बढेर ३७९.१५ विन्दुमा पुगेको छ ।
कूल २२८ वटा कम्पनीको ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४३ करोड १४ लाख रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै व्यापार समूह बढेको छ ।
बुधबार ङादी ग्रुप पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ४२ लाख ७६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । आज २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य १.९१ प्रतिशतले घटेर ४ सय ११ रूपैयाँमा झरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij