Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेप्से आज ११.८२ अंकले घट्यो 

नेप्से आज ११.८२ अंकले घट्यो 

  • काठमाडौँ । आज सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन नेप्से आज ११ दशमलव ८२ अंकले घटेर एक हजार नौ सय २१ दशमलव ३१ विन्दुमा झरेको छ ।

    images
    images
    images

    आज दुई सय ३० वटा कम्पनीको ३० लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ८२ लाखको कारोबार भएको छ । बैंक र जीवन बीमाबाहेक अरू सबै समूहको सेयर घटेकोमा आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ३७ कम्पनीको सेयर मूल्य भने बढेको छ ।

    सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य बढ्यो । सो कम्पनीको ९.९९ प्रतिशत सेयर मूल्य वृद्धि भएको हो । ७ करोड ३१ लाख ३३ हजार २ सय रूपैयाँको कारोबारसहित एशियन लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी बन्यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij