Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं। ललितपुरमा प्रहरी जवानबाट एक जना चिकित्सक कुटिएका छन्। ट्राफिक प्रहरी रहेका राजेन्द्र थापाले आइतबार राति डा. कुलबहादुर घिसिङलाई पिटेको आरोप लागेको छ। घिसिङ आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत छन् ।
मापसे चेकिङमा बसेका थापाले यातायात कार्यालय छेउको बाटोबाट हिँडिरहेको अवस्थामा आफुलाई पिटेको घिसिङले बताएका छन्। पिटाईबाट घिसिङको नाकबाट रगत आएको थियो।
जवान थापाले बाटोमा हिँडिरहेको अवस्थामा एक्कासी ठोक्किन आएकाले विवाद भएको ललितपुर प्रहरीले जनाएको छ। ललितपुर प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहले अनुसन्धान भइरहेको बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij