
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । सोमबार सेयर बजार २३.८५ अंकले घटेको छ । १.२२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९३३.१३ अंकमा झरेको हो ।
आईतबार ९२ अंकले बढेको बजार साताको दोस्रो दिन आज २३ अंकले घटेको छ ।
२ अर्ब ४ करोड ४८ लाख ३१ हजारभन्दा धेरैको सेयर कारोबार भएको छ । २ सय २९ वटा कम्पनीको ५६ लाख ४१ हजार ५ सय ४० कित्ता सेयर खरिदबिक्री भएको हो ।
सिवाईसी नेपाल लघुवित्त सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । सो कम्पनीको आज ९.९९ प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।
नागरिक लगानी कोषको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज १५ करोड ६५ लाखभन्दा धेरै मूल्य बराबरको सेयर कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij