Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

त्रिभुवन विमानस्थलको रनवेमा मान्छे देखेपछि....

त्रिभुवन विमानस्थलको रनवेमा मान्छे देखेपछि....

  • काठमाडौँ  । कुवेतबाट नेपाल आएको जजिरा एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बेला रनवेमा मान्छे हिँडिरहेको देखेपछि पाइलटले बाध्य भएए विमान पुनः आकाशतिरै उडाए ।

    onlinepatrika
    Arghakhachi

    आइतबार बिहान करिब ३ः२० मा कुवेतबाट १०७ यात्रु लिएर नेपाल आएको जजिरा एयरलाइन्सको जे ९५४१ विमान अवतरणका क्रममा विमान स्थलमा मान्छे हिँडिरहेको देखेपछि पाइलटले तत्काल पुनः आकाशतिर फर्काएर विमान दुर्घटना हुनबाट बचाएका हुन् ।

    AGNI GROUP

    रनवेमा मानिस हिँडडुल गर्न नपाइने भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवस्थापन पक्षमा भएको लापर्वाहीका कारण १०७ सात यात्रु बोकेको विमान ठूलो दुर्घटना नजिक पुगेको थियो ।

    विमानले करिब २० मिनेट काठमाडौँको आकाशमै फन्को लगायएर दुर्घटना हुनबाट बचेको थियो । विमानस्थल स्रोतले भने सरसफाईका क्रममा कर्मचारी त्यहाँ गएको बताएको छ ।

    विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक प्रेमनाथ ठाकुरले यो सामान्य प्रकृतिकै घटना भएको र आगामी दिनमा यस्तो नहोस् भन्नको लागि बैठक राखेर कर्मचारीलाई सचेत गराउँने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij