
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट नयाँ मन्त्रीहरुको शपथ कार्यक्रम नसकिदै सत्तारुढ दलका तीन नेताहरु गोप्य छलफलमा जुटेका छन् ।
ललितपुर हात्तीवनस्थित उपेन्द्र यादवको निवासमा केही बेर अगाडि प्रचण्ड, माधव र उपेन्द्रका बीचमा भेटवार्ता भएको हो । उनीहरुबीच कुन कुन विषयमा कुराकानी बारेमा केही नखुलेपनि अहिलेको सत्ता गठबन्धन र आगामी निर्वाचन बारे छलफल भएको स्रोतको दावी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । नेकपा एकीकृत समाजवादीले पठाएका नयाँ मन्त्रीलाई प्रधानमन्त्री देउवाको सिफारिसमा आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिईन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij