Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । निजी वायुसेवा सञ्चालकहरुको छाता संस्था वायुसेवा सञ्चालक संघले हवाई इन्धनको पनि मूल्य घटाउन माग गरेको छ । सरकारको निर्देशन बमोजिम नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँले मूल्य घटाए पनि हवाई इन्धनको मूल्य नघटाएकाले संघले यस्तो माग गरेको हो।
अन्तर्राष्ट्रिय बजार बमोजिम आईओसी (भारतीय आयल निगम)ले रक्सौलमा उपलब्ध गराउने करबाहेकको खरिद मूल्यमा सरकारको अत्यधिक राजस्व तथा निगमको अत्यधिक नाफाका कारण नेपालमा हवाई इन्धनको मूल्य छिमेकी मुलुकको तुलनामा निकै महँगो रहेको संघको भनाइ छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij