Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

लहानमा गोली चल्दा एक जना गम्भीर घाइते

लहानमा गोली चल्दा एक जना गम्भीर घाइते

  • काठमाडौँ । सिराहाको लहानमा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन्। 

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र शाहका अनुसार आइतबार बिहान लहान नगरपालिका-२२ बेलहिजातियाहीस्थित रविन चौधरीको घरमा गोली चल्दा १८ वर्षीय दिलिप मुखिया घाइते भएका हुन् । 

    AGNI GROUP

    पेटमा गोली लागेका घाइते दिलिपको उपचारको लागि धरान पठाएको र उनको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ। प्रहरीले एक जना नाबालिगसहित दुई जनालाई पक्राउ गरेको छ। 

    प्रहरीले सोही ठाउँका १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय बालकलाई पक्राउ गरेको छ। सुशान्त चौधरीले गोली चलाएका थिए।

    इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमार मैनालीका अनुसार पक्राउ परेका उनीहरू सबै साथीहरू भएको र खेल्दै गर्दा गोली पड्किएको बताइएको छ ।

    यस बारे प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij