Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आन्दोलन सफल भएसँगै दोहोरो अंकले बढ्यो नेप्से 

आन्दोलन सफल भएसँगै दोहोरो अंकले बढ्यो नेप्से 

  • काठमाडौँ । शुक्रबार हुने २ घण्टाको कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि हिजो अस्ति दिनभरको तुलनामै भएको छ ।

    images
    images
    images

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ विन्दुमा पुगेको छ । नेप्से ०।७५ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि २.८१ अंकले बढेर ३६४.९० विन्दुमा पुगेको छ ।

    कूल २२३ वटा कम्पनीको ३५ लाख ४१ हजार ५ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १५ करोड १२ लाख ८ हजार ३१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ । 

    शुक्रबार कुमारी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ८ करोड ६३ लाख १२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

    यसदिन न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कमपनीको सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ७२ रूपैयाँ ९० पैसा पुगेको छ । 

    आज आँधिखोला लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य ७।८८ प्रतिशतले घटेर ८ सय ८५ रूपैयाँमा झरेको छ । 

    यस्तै, लगानीकर्ताहरूको केही दिनदेखि निरन्तर चलिरहेको आन्दोलन सफल भएको छ । माग पुरा गर्ने सहमति भएसँगै १० दिनदेखि आमरण अनसन बसिरहेका पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडेका छन् । 

    माग सम्बोधन गर्ने सहमतिमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् । त्यस्तै, आन्दोलन सफल भएसँगै लगानीकर्ताहरूमा छुट्टै उत्साह छाएको  आजको बजारले देखाएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij