Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेयर बजारमा पहिरो 

सेयर बजारमा पहिरो 

  • काठमाडौं ।  सेयर बजार परिसूचक (नेप्से) बिहीबार पनि ओरालो लागेको छ । साताको पाँचौँ कारोबार दिन आज सेयर बजार ४५.२५ अंकले घटेर १८४८.२८ विन्दुमा झरेको छ । 

    onlinepatrika
    Arghakhachi

    आज दुई सय ३७ वटा कम्पनीको ५० लाख आठ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४९ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको नौ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

    AGNI GROUP

    १३ वटै सूचक घट्दा सबैभन्दा धेरै हाइड्रोपावर समूहका लगानीकर्ताले गुमाएका छन् । आज हाइड्रोपावर समूहको सेयर मूल्य ४.११ प्रतिशतले घटेको छ । विकास बैंक समूहको ३.७९, लगानी समूहको ३.५२, फाइनान्स समूहको ३.४८ प्रतिशतले घटेको छ । आज १५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ ।

    सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा लक्ष्मी बैंक, नबिल बैंक, हिमालयन डिस्टिलरी, एनआईसी एशिया बैंक, अरुण भ्याली हाइड्रोपावर, शिवम सिमेन्ट, एनसीसी बैंक, अरुण कावेली पावर, नेपाल लाइफा इन्स्योरेन्स कम्पनीलगायतले सर्वाधिक कारोबार गरेको छ ।

    आज बजारमा भारी गिरावट आउँदा पनि आँखुखोला लघुवित्त र सिवाईसी लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij