Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नक्कली लाइसेन्स बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा मुद्दा दायर हुनेमा यातायातका १२ जना कर्मचारी र ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ ।
उनीहरुले नवीकरण नभएका तथा स्वतस् रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानूनी रुपमा नवीकरणको बाटोबाट सच्याएर ५३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको अख्तियारको आरोप छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij