Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

अन्तर्राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा पुनः डा. एरियल ग्वार्को निर्वाचित

अन्तर्राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा पुनः डा. एरियल ग्वार्को निर्वाचित

  • काठमाडौँ । डा. एरियल ग्वार्को अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को अध्यक्षमा पुनः  निर्वाचित भएका छन् ।

    images
    images
    images

    स्पेनको सेभिलमा भएको चुनावी साधारण सभाबाट ४ वर्षको लागि पुनः ग्वार्को निर्वाचित भएको हुन् ।

    अध्यक्षका लागि तीन जना प्रतिस्पर्धामा थिए । फ्रान्स सहकारीका अध्यक्ष जिन लुईस बान्सेल पनि चुनावी प्रतिस्पर्धामा थिए । त्यस्तै अस्ट्रेलियन सहकारीका प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसन पनि प्रतिस्पर्धामा थिए ।

    यस अघि सन् २०१७ को नोभेम्बर १७ मा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न साधारण सभाबाट ग्वार्को निर्वाचित भएका थिए।

    यसअघि आइसीए बोर्डमा नेपालको प्रतिनिधित्व रहेको थियो । तर, यसपट भने विश्व मञ्चमा नेपालीको सहभागिता शुन्य हुन पुगेको छ । 

    आइसीएको निर्वाचनमा सबैभन्दा बढी भोटर भएको देश नेपाल हो । नेपालसँग २५ भोट थियो । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष समेत रहेकी ओमदेवी मल्ल बोर्ड सदस्य थिईन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij