Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मानवताका लागि योग हितकार हुने : गृहमन्त्री

मानवताका लागि योग हितकार हुने : गृहमन्त्री

  • काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले विविध कारणले मानव जीवनमा उत्पन्‍न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योग अभ्यासले सहयोग गर्ने बताएका छन् ।  

    onlinepatrika
    Arghakhachi

    आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित योग शिविर तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानिसको शारीरिरलाई सन्तुलन राखी तनाव कम गर्न तथा जीवनलाई शान्त, फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकारी हुने उल्लेख गरे ।

    AGNI GROUP

    उनले ‘मानवताका लागि योग’ भन्‍ने नारालाई आत्मसाथ गरी समाज र राष्ट्रको हित तथा विकासमा आफूलाई समर्पित गर्न पनि आग्रह गरे । 

    योगाभ्यासलाई प्रशिक्षणमा सीमित नराखी आफ्नो व्यक्तिगत एवं व्यावसायिक जीवनमा समेत नियमित अभ्यास गर्न आग्रह गर्दै उनले भने, योग एवं आसन, प्राणायाम मात्र होइन एक अनुशासित जीवनशैली पनि हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij