
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडाैँ । मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा एकजना पुरुषको शव भेटिएको छ। आज (आइतबार) बिहान भेटिएको शव हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको आशंका छ।
कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव सडक छेउको नालीनजिकै फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार आँखामाथि निधारको भागमा चोट रहेको अवस्थामा शव भेटिएको हो। घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरेपछि शव खेतमा फालेको जस्तो देखिने प्रहरीको भनाइ छ।
घटना शंकास्पद देखिएपछि विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij