Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

केशव स्थापितले दिए बालेन साहलाई बधाई

केशव स्थापितले दिए बालेन साहलाई बधाई

  • काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवार भई पराजित भएका नेकपा एमालेका केशव स्थापितले मेयरमा निर्वाचित बालेन साह र उपमेयर सुनिता डंगोललाई बधाई दिएका छन्। स्थापितले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै साहले विपक्षी मतदाताको मन जित्ने काम गर्ने अपेक्षा लिएको बताएका छन् । जनताको सेवक भएर काम गर्ने आफ्नो आकांक्षा भए पनि निर्वाचनको परिणामले त्यो सफलता प्राप्त हुन नसकेको उनले बताए।

    onlinepatrika
    Arghakhachi

    ‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु,’ उनले धन्यवाद वक्तव्य जारी गर्दै भनेका छन्, ‘काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ।’ काठमाडौंको विकास र समृद्धिप्रति आफ्नो आकांक्षा नधरमराएको पनि उनले उल्लेख गरेका छन्।

    AGNI GROUP

    ‘जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन। यद्यपि यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकाङ्क्षा अलिकति पनि धरमराएको छैन,’ उनले भने, ‘निर्वाचनमा पराजय भोग्दै गर्दा काठमाडौँ महानगरपालिकामा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु। काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नु हुनेछ भन्ने मैले अपेक्षा लिएका छु।’

    ‘तपाईंले गरेका हरेक कमजोरीमा भने म निरन्तर खबरदारी अवश्य गरिरहने छु,’ उनले भने। साथै उनले एमालेबाट उम्मेदवार भई उपमेयर निर्वाचित सुनिता डंगोललाई पनि बधाई दिएका छन्।

    ‘लोकप्रिय मतसहित उपमेयर पदमा विजयी हुनुहुने सुनिता डंगोललाई पनि म शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईं आशा बोकेको युवा हो, तपाईंले आफ्नो कार्यकालमा सबै महानगरवासीको सेवक भएर काम गर्नुहुने छ भन्ने विश्वाससहित शुभकामना व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन्। उनले मतदातालाई पनि धन्यवाद दिएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij